खानीखोला: सामाजिक सेवमा समर्पित रक्षा नेपाल नामक गैरसरकारी संस्थाले खानीखोला सरकारलाई सिलाई कटाई मेशिन र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बुधबार रक्षा नेपाका कार्यक्रम संयोजक दुर्गा पाण्डेले एक समारोहका बीच गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलाई सो सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समाजसेवी फूलमाया थिङले महिला, वालबालिकाको क्षेत्रमा २० वर्षदेखि काम गर्दै आएका सो संस्थाले खानीखोला गाउँपालिकाको वालबालिकाको शिक्षा र महिलाहरुलाई आत्मनिर्भर बनाउन शिप विकास र शैक्षिक क्षेत्रमा सहयोग गर्न लागेको जानकारी दिए ।
थिङले सोही अनुसार गाउँपालिकाभित्रका १४ जना वालबालिकालाई संस्थाले यो वर्षदेखि पढाउन थालेको बताए । महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सिलाइकटाइ सम्बन्धी शिप सिकाउन लागेको उनले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष थिङलाई पाण्डेले अन्सार सिलाइ मेशिन ३० थान, फलामको कपडा कैची ३० थान, विद्यार्थीको लागि ब्याग १ सय थान, कपि १ सय थान हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पालिका अध्यक्ष थिङ, रक्षा नेपालका कार्यक्रम संयोजक पाण्डे, वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान, वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बा, वडा नं. ६ का वडा अध्यक्ष बृहस्पति घिसिङ लगायतले मन्तव्य राखेका थिए ।
बालबालिकाले आफुहरुले १६ वर्षको उमेर सम्म नसिकेको र थाहा नभएको ज्ञान रक्षा नेपाल पुगेको ७ महिनाभित्र सिकेको बताएका छन् ।