खानिखोला, काभ्रेः जिल्लाको खानीखोला गाउँपालिकाको ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ बुधबार बाट सुरु भएको छ । २५ कार्तिक सम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएको आयोजकले जनाएको छ । गत बर्ष तीन खेलमा प्रतियोगिता भएपनि यो बर्ष भलिबल र फुटबल खेलमा मात्र प्रतियोगिता हुने जनाएको छ ।
गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात गर्दै पालिकाले खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । स्थानिय सरकारले औपचारिकरुपमा खेलकुद क्षेत्रलाई बिकास गर्न र खेल मार्फत राष्ट्रको लागि योगदान दिन सक्ने युवाहरु स्थानिय, प्रदेश हुदै देश तथा अन्तराष्ट्रि तह सम्म खेल क्षेत्रमा प्रतिभा जन्माउनको लागि सरकारले खेल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थिङले बताए ।
खेलमा हार जित भन्दा पनि अनुशासन र राष्ट्रियता रहेको कारण स्थानिय सरकारले खेल क्षेत्रमा बिकास गर्नको लागि यस्तो प्रतियोगिताहरुमा जोड् दिएको अध्यक्ष थिङले बताए ।
खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कारस्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए ।
भलिबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा फुटबल तर्फ ८ टिम र भलिबल तर्फ ५ टिमले सहभागि जनाएको छ ।
यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गरिएको हो ।
खेलकुदलाई खानीखोलाको अभिन्न अंगको रुपमा विकास
गाउँपालिकाका अध्यक्ष थिङले खेलकुदलाई खानीखोला सरकारको अभिन्न अंगको रुपमा विकास गरेको बताएका छन् । थिङले आफ्नो गाउँपालिकाले औपचारिक र संस्थागत ढंगले खेलकुदको आयोजना गरेको बताए ।
काभ्रेमै संस्थागत रुपमा खेललाई महत्व दिएको पहिलो गाउँपालिका खानीखोला रहेको उनले दावी गरे । ‘यो खेल खानीखोलाको औपचारीक एवं संस्थागत खेल हो । इतिहासमा संस्थागत ढंगले खेलकुद आयोजना गरिएको यो दोस्रो हो ।’ उनले भने, ‘यस अगाडि पनि खेलकुदहरु धेरै गरिन्थ्यो तर त्यो संस्थागत थिएन । अब खानीखोला सरकारले गत सालबाट औपचारीक रुपले खेलकुदलाई सरकारको एउटा अभिन्न अंगको रुपमा विकास गर्नका लागि र संस्थागत रुपले विकास गर्नका लागि खेलकुद विकास ऐन बनाएर खेलकुद विकास समिति गठन गरेको छ ।’
प्रथम प्रतियोगितामा ३ वटा खेल समावेश गरे पनि यस पटक भने दुई वटा मात्र खेल समावे गरेको बताउँदै अध्यक्ष थिङले बाँकी खेल पनि चाँडै आयोजना गर्ने बताए । ‘यस पटक दोस्रो पटक खानीखोलक कप आयोजना गर्दै छ । यसमा गतसाल तीन वटा खेल सहभागी गराएका थियौं । यो पटक हामीले २ वटा मात्र खेल सहभागी गराउँदै छौं ।’ उनले भनmे ‘एउटा खेल कराँते चाहिं हामीले केही दिन पछि मात्र गर्ने हिसाबल सोचेका छौं ।’
थिङले खेल अनुशासित ढंगले खेल्न खेलाडीहरुलाई अनुरोध समेत गरे । ‘खेलकुदमा अलि अलि विवाद हुन्छ किन हुन्छ भने यहाँ राष्ट्रियता छ । यहाँ स्वास्थ्य छ । त्यसैले हामीले भन्ने गरेका छौं स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ।’ उनले भने, ‘खेलकुद भन्ने वित्तिकै अनुशासन पनि हो । सबैभन्द्र खेल अनुशासन भएकोले अनुशासनलाई आत्मासतीकरण गरेर तपाईंहरुले खेललाई अनुशासन पूर्वक खेल्नुहुने छ भन्ने शुभेच्छा व्यक्त गर्दछु । आफ्नो खेललाई उत्कृष्ट सावित गराउन अनुरोध गर्दछु ।’
उनले खानीखोलामा चाँडै एन्फा गर्ने खुलासा गरे । ‘अब खानीखोलामा फूटवल संघ, कराँते संघ, भलिवल संघ लगायतका खेलकुद विधाका संघहरु गठन गरेर एन्फा गठन गर्दैछौं । हामी तिनै संघहरु मार्फत खानीखोला बाहिर पनि खेल्न जान्छौं ।’ उनले भने ।