बेथानचोक काभ्रे : वागमती प्रदेश सरकारका भौतीक तथा पुर्वाधार विकास मन्त्री युवाराज दुलाल (शरद) ले दुई सडकलाई लोकमार्गको रूपमा निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । आइतबार नेकपा माओवादी केन्द्र बेथानचोक गाउँपालिकाले आयोजना गरेको शुभ–दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री दुलालले आगामी आर्थिक वर्षबाट खोपासी-तालढुंगा सडक र ढुंखर्क-च्याम्राङबेंसी-सुकुम-फापरबारी सकड प्रदेश सरकारले लोकमार्गाको रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री दुलालले भने, ‘आगामी आर्थिक वर्षबाट प्रदेश सरकारबाटै वजेट राखी खोपासी-तालढुंगा सडक र ढुंखर्क-च्याम्राङबेंसी-सुकुम-फापरबारी सकडलाई बहुवर्षिय योजना बनाएर सहज तरिकाले यातायात सन्चालन हुनेगरी लोकमार्गको रूपमा निर्माण गर्ने प्रतिबद्धता गर्छु ।’ मन्त्री दुलालले प्रदेशभित्रको प्रत्येक सडकलाई गुरुयोजना बनाएर निर्माण गर्ने बताए । प्रदेश सरकारले ५, १०, १५ र २० वर्षीय सडक गुरुयोजना बनाइपछि स्थानिय सरकारले कुनै वजेट छुट्याउनु नपर्ने गरि सडक विकास गर्ने उनको भनाइ छ । मन्त्री दुलालले संघीय राजधानीदेखि बागमती प्रदेशको केन्द्र हेटौडा जोड्ने सडक बेथानचोक हुदै नजिक हुने भएकाले यस दुई सडकलाई प्रथामिकतामा राखेर काम गरिरहेको समेत वताए । ‘बेथानचोक र खानीखोलावासी ढुक्का हुनोस माओवादी केन्द्र पार्टी र यसैको नेतृत्वको सरकारकै पालमा सबै ठाउँमा सडक निर्माण गरि सहज यातायात गुड्ने गरि बाटोको निर्माण हुनेछ’ मन्त्री दुलालले भने ।