काभ्रे : काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्वर २ मा पराल बोकेको निसान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
कुशादेवीबाट नयाँ गाउँ जाँदै गरेको बा. ४ ख. ६७२३ नम्बरको निसान गाडी मंगलवार दिउँसो २ः१० बजेतिर पनौती नगरपालिका वडा नम्बर २ सिलाभन्ज्याङमा ब्रेक फेल भई दुर्घटना हुँदा तीनजना घाईते भई अस्पातल लादै गर्दा बाटोमै दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकाारी दिए ।
मृत्यु हुनेमा चलाक पनौती नगरपालिका – २ वर्ष ४० का रबिन आचार्य र अर्को मृत्यु हुनेमा बेथानचोक गाउँपालिका – २ वर्ष ५० का शिव विक्रम केसी रहेको छ । गम्भीर घाइते हुनेमा बेथानचोक गाउँपालिका वडा नम्वर २ वर्ष ४५ का सारदा तिमल्सिना टाउको घाँटी, दुबै हात खुट्टामा गम्भिर चोट लगेको छ ।