काभ्रे : काभ्रे जिल्लामा समाजवादी मोर्चा नेपालको गठन सम्पन्न भएको छ । उक्त भेलाबाट मोर्चाको केन्द्रिय नीति अनुसार घटक दलहरुले आलोपाले मोर्चाको नेतृत्व गर्ने गरि हाललाई नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष कमरेड बसुन्धरा हुमागाईको संयोजकत्वमा प्रत्येक घटकपार्टीहरुबाट २/२ जना मोर्चामा रहनेगरी ८ सदस्यसीय जिल्ला स्तरीय कमिटि गठन भएको छ ।
उक्त भेलाबार्ट ( नेकपा एकृकीत समाजवादी पार्टी) को तर्फबाट संयोजक क. बसुन्धरा हुमागाई सदस्यहरुमा नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक क. भोला प्रसाद अर्याल, जिल्ला सचिव क. दैव लाल घिसिङ (अनुशील), जनता समाजवादी पार्टीबाट जिल्ला अध्यक्ष क. वीर बहादुर तामाङ, जनता समाजवादी पार्टीबाट जिल्ला कोषाध्यक्ष क.शेखर लामा, नेकपाको केन्द्रीय प्रतिनिधि क.प्रेरक सि र नेकपा एसबाट जिल्ला सचिव क.गोकुल गौतम सदस्य सचिव रहनेगरि मोर्चा गठन गरियोे ।
नेकपाबाट मोर्चामा १ जना सदस्य पछि थप गरिने गरि कमिटी गठन गरिएको छ । भेलामा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य कृष्ण अधिकारी र प्रदेश सचिवलाय सदस्य काभ्रे जिल्ला सह–इन्चार्ज मिन बहादुर वाइवा (ज्वाला) र नेकपा एसको वागमती प्रदेश समितिको सचिव एवम् वागमाती प्रदेश सरकारको मानानिय श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको उपस्थीति रहेको थियो ।