खानीखोला : काभ्रेको खानीखोलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शानिबार खानीखोला–४ स्थित् जगथलीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ (छिन्ताङ) र प्रदेश सदस्य नारायण बनियाँ (दिपेश)ले पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा प्रदेश सचिव छिन्ताङले प्रचण्ड नेतृत्वको सरकारले देश र जनताको हितमा काम गरिरहेको बताए । उनले समृद्ध खानीखोलाको लागि आफुहरु लागि रहेको बताए । एकै पटक सबै ठाउँको विकासको लागि बजेट सम्भव हुँदैन क्रमगत रुपमा हुँदै जाने हुँदा अहिले बजेट परेन भनेर निराश हुनु नपर्ने उनको भनाई छ ।
‘जनतासँग माओवादीः विशेष रुपान्तरण, जनजनमा माओवादी–घरघरमा माओवादी’ कार्यक्रम अन्र्तगत पार्टी प्रवेश कार्यक्रममा छिन्ताङसहित माओवादी केन्द्र, नेताहरु होमबहादुर वाईबा, निशान मोक्तान, नरबहादुर थिङ, अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको कोषाध्यक्ष विकास तामाङ लगायत उपस्थित रहेका छन् ।
खानीखोला वडा नम्बर ४ वडा कमिटीद्धारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केल बहादुर स्याङ्तान, टेक बहादुर घिसिङ, अर्जुन स्याङ्तान, अजय जिम्बा, भिम बहादुर वि.क, कान्छालाल बल, मंगलसिं स्याङ्तान, सोनाम वाईबा, पुर्णी माया जिम्बा, साईला बल, ज्ञान बहादुर वल, इन्द्र बहादुर लोप्चन, छलि मायाँ बल र सुवास स्याङ्तानलाई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यस्तै माओपादी केन्द्रमा एमालेका धनबहादुर गुरुङ र प्रदिप स्याङ्तानसहित अन्य दलका नेता तथा कार्यकर्ता गरी तीन दर्जन बढीलाई प्रवेश गराएको छ ।
माओवादी केन्द्र खानीखोलामा पार्टी प्रवेश गर्ने लर्को लागेको छ । यसअघि पनि कांग्रेस र एमालेका नेता तथा कार्यकता माओवादी केन्द्र एकताबद्ध भएका थिए । खानीखोला–४ मा भने पछिल्लो समय कांग्रेस परित्याग गर्नेहरु बढेका छन् । यसले अझै कांग्रेसमा पहिरो जाने क्रम बढ्ने देखिन्छ ।
कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका एक नवप्रवेशीका अनुसार खानीखोला कांग्रेसमा सहि नेतृत्व नभएको र पार्टीभित्र चरम बेथिति रहेको बताए ।समृद्ध खानीखोलाको सपना पुरा गर्ने क्षमता र योजना माओवादी केन्द्रमा मात्रै रहेकोले आफु पार्टी परित्याग गरी समृद्ध खानीखोलाको लागि माओवादी केन्द्रमा एकताबद्ध भएको नवप्रवेशीहरुको भनाई छ ।
माओवादी केन्द्र वडा नम्बर ४ को अध्यक्ष श्याम लोप्चनको सभापतित्वमा भएको कार्यक्रममा नवप्रवेशी सोनाम वाईबाले कांग्रेस भविष्य नभएको दाबी गर्दै देशको हितमा काम गर्ने पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नुको विकल्प नरहेको बताए ।