जीवन तामाङ
बेथानचोक काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा संबिधान दिवसको अवसरमा बेथानाचोक गाउँपालिका मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । प्रतियोगिता हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका–२ को संयुक्त आयोजनमा भएको हो ।
बेथानचोक गाउँपालिकाका प्रमुख भगवान अधिकारीले प्रतियोगिताको उद्घाटन नेपालको झण्डा फरफाराएर गरिएको थियो । कार्यक्रम गाउँपालिका भित्रका १० विद्यालयको सहभागितामा पार्वती मध्यामिक विद्यालयमा भएको हो ।
कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, वडा अध्यक्षहरु मधुुसु्धन तिमल्सिना, पुुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, राजकुमार वाईवा लगाएत गाउँपालिका भित्रका १० विद्यालयका शिक्षक प्रतिनिधी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थीति रहेको थियो ।
सहभागी विद्यालयहरुमा आत्मा विकास मा.वि च्याल्टी, सरस्वती मा.वि भुग्देउ, भुमिमाता मा.वि, भिमसिनेस्वर मा.वि, कृष्ण गोपाल मा.वि, कालिका मा.वि, भैरव मा.वि, चक्रेश्वर मा.वि, सरस्वती मा.वि पार्थली सहित रहेका छन. ।
प्रतियोगितामा पार्वती मा.वि. प्रथम भएको छ । त्यस्तै दोस्रो र तेस्रो क्रमशः भैरव मा.वि र तेस्रोमा कालिका मा.वि भएको छ । प्रथम हुनेलाई ट्रफि, मेडल, प्रमाण पत्र सहित नगद १५ हजार पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई ट्रफि, मेडल, प्रमाण पत्र सहित नगद १० दश हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्नेलाई ट्रफि, मेडल, प्रमाण पत्र सहित ५ हजार रुपैया नगद प्रदान गरेका छन् । गाउँपालिका प्रमुख अधिकारीले प्रथम, दोस्रो, र तेस्रो हुने सबैलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद सहित सबैलाई पुरस्कार वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बेथानाचोकका ३ जना वरिष्ठ व्यक्तिहरुलाई सम्मानीत समेत गरिएको छ । सम्मनीत हुनेमा डा. वालराम तिमल्सिना, डा. सजना वाईवा, र डा. शैलेष दाहाललाई दोसल्ला ओढी मायाको चिनो प्रदान गरि सम्मनीत गरिएको छ ।