काभ्रे : जिल्लाको महाभारत गाउँपालिका–३ का वडा सदस्यको निधन भएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा सदस्य तथा महाभारत गाउँपालिका गाउँसभा सदस्य ४१ वर्षीय बाबुलाल मोक्तानको मृत्यु भएको जनाकारी दिए ।
अध्यक्ष जिम्बाका अनुसार एपेन्डीसाईटिस भई शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मोक्तानको निधन भएको हो । स्थानीय तहको निर्वाचनमा मोक्तान नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
मोक्तानको तामाङ परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाइएको छ । यसैबीच गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । गाउँ कार्यपालिकाको बैठकले मृतक गुरुङप्रति शोक प्रस्ताव पारित गरेको हो ।