बनेपा, काभ्रे : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य अञ्जना विसन्खेले भने, ‘महिला शिक्षित र सचेत हुनु भनेको देश समृद्धितर्फ अघि बढ्नु हो ।’ शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बनेपा नगर समितिद्धारा आयोजित कार्यक्रममा उनले यस्तो बताइकी हुन् ।
स्थायी कमिटी सदस्य विसन्खेले महिलालाई बंश, अंश र पहिचानको अधिकार आवश्यक रहेको बताईन् । उनले महिलाले पाएको आरक्षंण कोटा माओवादीको पहलमा भएको जनयुद्धको उपलब्धीको रुपमा लिन सकिने बताईन् । उनले महिला आफैले निर्णय गर्न सक्ने र पाउने अवस्था समेत माओवादी जनयुद्धको जगमा आएको दाबी गरिन् ।
महिलाहरु घरको चुलोचौकोमा मात्र सिमित हुन बाध्य भएकोले राजनीतिमा महिला अझै उल्लेख संख्यामा आउन नसकेको उनको भनाई छ । त्यस्तै उनले छोरीलाई सम्पत्तिमा दिने अधिकार माओवादीले ल्याएको बताईन् ।
उनले अझै महिला र पुरुषबिच अझै समान व्यवहार हुन नसकेकोले अधिकारको लागि महिला एक जुट हुन आवश्यक रहेको बताईन् । त्यसतर्फ महिलाको ध्यान जानु पर्ने उनको भनाई छ । उनले कसैको बन्दनमा नपर्न र अनाआवश्यक देखासिकी नगर्न समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा केन्द्रिय निर्वाचन आयोग सदस्य गोविन्द बटालाले माओवादी आन्दोलनको जगमा महिलासँग सम्बन्धि अधिकार आएको बताए । उनले वडाको दलित सदस्यदेखि उपराष्ट्रपति वा राष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थासम्म माओवादी आन्दोलनको उपलब्धि भएको बताए ।
त्यस्तै ०८० को निर्वाचनमा माओवादी केन्द्रलाई जनताले देशको पहिलो पार्टी बनाउने र यसलाई कसैले रोक्न नसक्ने उनको भनाई छ । त्यस्तै कार्यक्रममा बागमती प्रदेश सदस्य मिना पाख्रिनले तिजको शुभकामना दिँदै माओवादी आन्दोलनको जगमा स्थापित महिलाहरुको रक्षाको निम्ति एकजुट भएर लाग्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य राजन अधिकारी, साधुराम दाहाल, गोकुल बजगाईं, जितबहादुर तामाङ, मिनराज खत्री, उषा अर्यााल, रघुनाथ सुवाल, शान्ता अर्याल, लक्ष्मी बल तामाङ लगयातका नेता तथा कार्यकर्तासँग सहभागीहरुको बाक्लो उपस्थिति रहेका थिए ।