काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ मा सहिद परिवारलाई सम्मान गरेको छ । शानिबार नेकपा (माओवादी केन्द्र) मण्डनदेउपुर ६ नम्बर वडा समितिद्धारा जनयुद्धका राष्ट्रिय सहिदलाई एक कार्यक्रमबिच सम्मान गरेका छन् ।
‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान, जनजनमा माओवादी–घरघरमा माओवादी’ अभियान अन्तर्गत् सहिद प्रेम प्रसाद ढकाल (वसन्त), अर्जुन ढकाल (अजित) र राजाराम बरियाको परिवारलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरुलाई प्रमुख अतिथि माओवादी केन्द्र काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल)सहितले सम्मान गरेका थिए ।
कार्यक्रममा काभ्रेका सचिव घिसिङले जनतालाई गोलबन्द गरेर माआवादी पार्टीले अघि सारेको परिवर्तनको एजेन्डाहरुको कार्यन्वयन गरी आगडी बढेमा मात्र सहिदको सम्मान हुने धारण राखेका थिए ।
त्यस्तै बागमती प्रदेश सदस्य गोपाल घिमिरे, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम लगायतका नगर कमिटीका पदाधिकारीहरुले अभियानलाई सार्थक बनाउन पार्टी कमिटीलाई प्रशिक्षित गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
वडा कमिटीको अध्यक्ष चुडामाणि दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य गोकुल डोटेलले गरेको थियो भने सञ्चालन दुर्गा प्रासद ढकाल (दिपक)ले गरेका थिए ।