तेमाल, काभ्रे : जिल्लाको तेमालमा नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कर्याकर्ता प्रवेश गरेका छन् । शुक्रबार काभ्रेको तेमाल–९ स्थित् एक कार्यक्रमबिच नवप्रवेशीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका संयोजक भोला अर्यालले नवप्रवेशीहरुलाई स्वागत गरेका छन् । प्रवेश हुनेमा नेकपा एमालेका हिरालाल योन्जन, हस्तबहादुर ब्लोन र कान्छामान दोङ नेपाली कांग्रेसका धन बहादुर योन्जन र नीर बहादुर तामाङ रहेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) फुलमाया तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी .राप्रपा)का दुर्गा दोङसहित स्वतन्त्रका कान्छा स्याङ्तान, च्याङ्बा लामा, कान्छी तामाङ लगायत दजनौँ माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
काभ्रेका संयोजक अर्यालले ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान, जनजनमा माओवादी–घरघरमा माओवादी’ ३ महिने अभियान अन्र्तगत उनीहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।
तेमालमा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर दुलालको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ । अभियानकै बिच पार्टी प्रवेश कार्यक्रममा काभ्रेका संयोजक अर्यालसँगै जनयुद्धका पहलकर्ता चलखसिं तामाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव डिलबहादुर थोकर लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काभ्रेको संयोजक अर्यालले अहिलेको परिवर्तनको जग जनयुद्ध र जनआन्दोलन नै भएको र माओवादीको एजेन्टमा देश अगाडी बढीरहेकोले माओवादी केन्द्र्रलाई बलियो बनाउनु पर्ने उनको भनाई छ ।
नवप्रवेशी हिरालाल योञ्जनले देश र जनताको मुक्तिको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएकोले आफु लगायत दर्जनौँ साथीहरु प्रवेश गरेको बताए । नवप्रवेशीहरुले अन्य पार्टीबाट देशको परिवर्तन सम्भव नदेखिएकोले माओवादी केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।