कभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्वर ५ मा कृषि सेवा शाखाको वजेटबाट ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ ।
उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले १७ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको वडाअध्यक्ष राजकुमार वाईवाले जानकारी दिनुभयो । वडा अध्यक्ष राजकुमार वाइवाको उपस्थितीमा हाते ट्रयाकटर वितरण गरिएको थियो ।
वडा अध्यक्ष वाईवाले कृषकको हितमा थुप्रै कार्यक्रम र योजना ल्याएको बताउँदै वास्तविक कृषकलाई लाभ लिन अनुरोध गर्नुभएको छ । वितरणको क्रममा वाईवाले वितरणमा पाएको ट्रायाकटरको सदुपयोग गर्न अनुरोध गर्दै बेथानचोक ५ लाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता समेत गरे ।
बेथानचोक ५ का ९९ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध रहेकोले कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन हाते ट्याक्टर वितरण गरेको वडाअध्यक्ष वाइवाले बताए । ‘कृषि व्यबसायलाई यान्त्रिकीकरण तथा प्रविधि मैत्री बनाई गुणस्तरीय उत्पादन वृद्धि गर्ने उद्देश्यले यो हाते ट्याक्टर वितरण गरेका हो ।