काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ चुखाबेसीमा गएराति ट्वाइलेटजाने क्रममा लडेर घाइते एक बृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार लडेर घाईते भएकी ७० बर्षीय मोतिमाया तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आफ्नै घरको छतबाट लडेकी तामाङलाई गाउँमै प्राथमिक उपचार पश्चात आज विहान करिब ६ बजे धुलिखेल अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा डाक्टरले बृद्धालाई विहान ६ बजेर ५० मिनेट जाँदा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।