काभ्रे : जिल्लाका १३ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय सरकारल सम्मानित भएका छन् ।
जिल्लाको महाभारत र खानीखोला गाउँपालिका तथा धुलिखेल र बनेपा नगरपालिका छुट्टै विधामा जिल्लामा पहिलो भएर सम्मानित भएका हुन् । उनीहरुलाई आज जिल्ला समन्वय समिति काभ्रेको ७ औँ सभा मार्फत सम्मान गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) जिल्लाको अति विकट महाभारत गाउँपालिका र सदरमुकाम सहितको धुलिखेल नगरपालिका पहिलो भएका छन् ।
एफआरएमा जिल्लाको ७ वटा गाउँपालिका मध्ये महाभारत गाउँपालिका पहिलो भएको जिसस प्रमुख दिपक कुमार गौतमले जानकारी दिए । त्यस्तै ६ वटा नगरपालिका मध्ये धुलिखेल नगरपालिका पहिलो भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा पनि जिल्लाको ७ वटा गाउँपालिका मध्ये दुर्गम भेगमै पर्ने खानीखोला गाउँपालिका पहिलो भएको छ ।
लिसामा काभ्रे जिल्लाकै पहिलो बनेपा नगरपालिका प्रथम भएको छ । ६ वटा नगरपालिका मध्ये बनेपा लिसामा पहिलो भएको हो ।