काभ्रे: क्यान्सरबाट पीडित खानीखोला-५ निवासी जनक बहादुर स्याङ्तानको उपचारका लागि आर्थिक सहयोग गरेको छ। समाजसेवी निर्मल मोक्तानले जिब्रोको क्यान्सर पीडित ५७ बर्षीय स्याङ्तानलाई आर्थिक सहयोग गरेका हुन्।
मोक्तानले पीडितका आफन्तलाई अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । ३ बर्षदेखि क्यान्सरबाट पीडित उनी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।
मोक्तानले क्यान्सर पीडित स्याङ्तानको आर्थिक अभावको कारण किमो थेरापी लगायत थप उपचार हुन नसकेर बसेको खबर पाएसँगै उपचारका लागि केही राहत होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको बताए ।
उनले भने, “पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएको स्याङ्तानलाई उपचारमा सहयोग गर्न आफुले सकेको आर्थिक सहयोग गरेको हो ।”
उनका अनुसार उपचारको लागि जग्गा जमिन तथा घर समेत धितो राखी पीडित स्याङ्तानले आफु तथा परिवारसँग भएको सम्पुर्ण रकम लगाई अप्रेसन सफल भएपनी फेरि किमो थेरापी आदिको लागि अस्पतालमा खर्च अभावमा उपचार गर्न नसकेर छटपटी रहेको छ ।
समाजसेवी मोक्तानले स्याङ्तानलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर आफुले सहयोग गरेको र अरुलाई सकेको सहयोग गर्न अनुरोध गरेको छ ।
त्यस्तै पीडित स्याङ्तानले समेत आफ्नो उपचारका लागि सहयोगको अपिल गरेको छ । जिब्रोको क्यान्सरबाट पीडित उनले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
उनीसँग भएको सम्पुर्ण रकम उपचारमा नै सकेकोले उनको अवस्था निकै नाजुक रहेको भन्दै सकेको आर्थिक सहयोग गर्न खानीखोला-५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले समेत अनुरोध गरेको छ ।