काभ्रे : जिल्लाको काभ्रेमा आत्मा हत्याको घटनाले बिकराल रुप लिदै गएको छ । जिल्लाको पनौती नगरपालिका सामुदायिक बोर्डिङ स्कुल कक्षा ७ मा अध्यान गर्ने वालकले आफ्नै घरको झयालमा झुन्डिएर आत्माहत्या गरेको आज ४ दिन नबित्दै फेरि पनि एक बालकले आत्माहत्या गरेको छ ।
आत्माहत्या गर्नेमा काभ्रेको भैसिपाटीमा तुलसीमाया राजभण्डारीको घरमा डेरालिई वस्दै आएका आएका बलाराम खड्काको छोरा कक्षा ८ मा अध्यान गर्ने १४ वर्षिय बिशाल खड्काले आफ्नै कोठामा झुण्डीएर आत्माहत्या गरेका छन् । खड्काले आफ्नै कोठाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।