काभ्रेः पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएकामध्ये एकको मृत्यु भएको छ । जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका–५ स्थित् सिक्रेदोभानस्थित् बस्दै आएको अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृ्त्यु भएको हो ।
खानीखोला गाउँपालकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित् भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार अंकलबहादुर सहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन् । गाउँपािलका अध्यक्ष थिङले उद्धार कार्यमा खटिन स्थानीय लगायत त्यस आसपासमा रहेका सबैलाई अग्रह समेत गरेको छ ।
बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन् । त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हो । उनीहरु सबै एकै घरमा बस्दै आएका छन् । त्यस्तै सिन्धुलीको हरिहरपुर गाउापालिका–१ कोक्टीको पाल्साङ घिसिङ समेत पहिरोले पु्िरएको छ ।
वडाध्यक्ष स्याङ्तानले पल्साङ खेतको कामले मकवानपुर गएकी आमा चाहिँ लिन जाँदा बाटोमा भेट नभएपछि उनी त्यहाँस्थित् अकलबहादुरको घरमा बसेको र घरमा पुग्दा आमाले छोरा आफुलाई लिन गएकोमा भेट नभएको थाहा पाएपछि फेरी आमासहित पाल्साङलाई खाज्दै जाँदा उनी सो घरमा बसेको खुलेको हो ।
वडा अध्यक्ष स्याङ्तानले आफुसहित ताल्ढुंगा प्रहरी चौकीको टोली घट्ना स्थलतर्फ गइरहेको र मकवानपुरको बागमती गापाको भोर्लेनीमा रहेको प्रहरी टोली घट्ना स्थलमा पुगेर उद्धार कार्य काटिरहेको जानकारी दिए । दुई दिनदेखि परेको अविरल वर्षको कारण घरमाथिबाट पहिरोले घर पुरेको थियो ।