काठमाडौँः सोमबार तामाङ र मगर समुदायले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । उनीहरूले अधिवक्ता भगवती पाण्डे र प्रहरीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
अधिवक्ता भगवती पाण्डेले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीहरू आन्दोलित भएका थिए । सोही क्रममा उनीहरू पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालयमा पुगेका थिए ।
त्यसक्रममा आफूहरूलाई दान बहादुर मल्ल नेतृत्वको प्रहरीले हिरासतमा लिएर यातना दिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । त्यस्तै १७ साउनमा टेकु प्रहरी परिषदमा भएको घटनाको सम्बन्धमा गिरफ्तारपछि चरम यातनाबाट घाइते भएकी कृति गोले र मन्जु मगरले प्रहरीको ज्यादतीको बिषयमा गृहमन्त्री नारायकाजी श्रेष्ठलार्इ प्रत्यक्ष भेटेर जानकारी गराउँदै दोषीमाथी काड कार्वाहीको लागि ध्यानाकर्षण समेत गराएका छन् ।
तामाङ मगरको संयुक्त विरोधलाई अन्य आदिवासी जनजाति समुदायले एक्याबद्धता जनाइएको छ । अन्तराष्ट्रि तामाङ परिषद्ले दोषीलाई कडा कारबाही नगरे घटनालाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी समेत दिइएको छ ।
साउने पानीको पर्वह नगरी आन्दोलनमा होमिएका उनीहरुले माइतीघरबाट सुरु गरिएको नारा जुलुस नयाँ बानेश्वरमा कोणसभामा गर्दै समापन गरिएको थियो ।
आजै देशभरका जिल्ला सिडियो कार्यालयमार्फत् तामाङ र मगर समुदायले गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । सामाजिक सद्भाव खलबलिने किसिमले अभिव्यक्ति दिने अधिवक्ता र टेकु प्रहरी हिरासतमा चरम यातनामा दिने दोषीलाई कारबाही माग गर्दै सोमबार तामाङ र मगर समुदायको अगुवाइमा देशभर आन्दोलन भइरहेको छ ।
हिरासतमा पुगेका महिलाहरुलाई चरम यातना दिइएपछि आन्दोलन चर्किन थालेको हो । यो आन्दोलनलाई ताम्सालिङ, मगरातसहितको पहिचानको आन्दोलनको रुपमा बदल्नुपर्ने आवाज समेत उठाइएको छ ।