बेथानचोक, काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा पशुपालक कृषकहरुलाई निःशुल्क कृत्रिम पशु गर्भाधान (AI) सुरु गरेको छ । गाउँपालिकाले पशुपालक कृषकहरुलाई रहात पुगोस् भन्ने हेतुले निशुल्क कृत्रिम पशु गर्भाधान अभियन सञ्चालन गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले आ.व. २०८०/८१ को नीति कार्यक्रम अनुसार गाउँपालिकाभित्र रहेका गाईभैसीहरुमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको बताईन् ।
उनका अनुसार पालिकाको पशु शाखाको प्रमुख उमेश दाहाल र पशु प्रविधिक प्रदिप सिंतानको सहभागितामा पहिलो चरणमा बेथानचोक–२ र ३ बाट कार्यक्रम सुरुवात गरेको हो ।
गाउँपालिकाले निःशुल्क कृत्रिम गर्भाधान शुरु गरेसँगै खुशी देखिएका कृषकहरुले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । स्थानीय रामबहादुर तामाङले विगतमा (AI) गर्न धेरै खर्च लाग्ने गरेको तथा हत्तपत्त राँगो/गोरु नभेटिएको बताउँदै यो कार्यक्रमलाई एक पटकलाई मात्रै लागु गरेर छोड्न जोड दिए ।
गाउँँपालिकाले सुरु गरेको एई कार्यक्रमले धेरै सजिलो भएको अब गर्भाधानको लागि राँगो तथा गोरु खोजेर हिड्नु नपर्ने बताए । गाउँपालिकाले वडागत रुपमा प्रविधिक खटाएर गाउँपालिकाभरि नै अभियान सञ्चालन गरको छ ।
जस अनुसार बेथानचोक–१ मा प्रदिप सिंतान, वडा नं. २ र ३ मा सुनिल कुमार महतलाई खटाइएको छ । त्यस्तै वडा नं. ४ कल्पना थापा, वडा नं. गोकुल कुमार लामा र वडा नं. सुजन योञ्जनलाई खटाइएको छ ।
सुचना सहित