काभ्रेः शनिवार काभे्रको जिल्ला पार्टी कार्यलयमा एक कार्यक्रम गरि तेमाल गाउँपालिका एकीकृत समाजवादीका युवाहरु माओवादी केन्द्रमा प्रवेश भएका छन् ।
माओवादी केन्द्रको कार्यालयमा पुगेर प्रवेश गर्नेमा तेमाल गाउँपालिका वडा नं. २ एकीकृत समाजवादीका उपाध्यक्ष महेश तामाङ, किरण तामाङ, जीवन तामाङ, प्रदिप तामाङ आदि प्रवेश गरेका थिए ।
उनीहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक भोला प्रसाद अर्याल र सविच दैवलाल घिसिङ –अनुसिल)ले टिका खदा लगाएर स्वागत गरेका गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा सभापतित्वमा देवराज तामाङ जिल्ला समन्वय समिति सदस्य युवराज लामा, मनिता तामाङ लगायतका सहभागी रहेको थियो ।