बनेपा, काभ्रेः जिल्लाको एतिहासिक शहर समेत रहेको बनेपा नगरपालिका वडा नम्बर ८ र ९ को सीमामा पर्ने लयकु प्रवेशद्वार निर्माणमा रोक लगाएको छ ।
पुरातत्व विभागले प्रवेशद्धारलाई पुरानो शैलिमा बनाउनु पर्नेमा अधुनिक शैशीमा सिमेन्ट, बालुव, फलामे रड प्रयोग गरि निर्माण गरिएकोमा रोक लगाएको हो ।
पुरात्व विभागका अधिकृत भीष्मा बाँस्कोटाले कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ को मर्म र भावना विपरित भएकोले तत्काल निर्माण कार्य रोक्न लगाएको जानकारी दिए ।
तत्काल उक्त कार्य रोकी सम्पदा संरक्षणमा आवश्यक सहयोग र समन्वय गर्न जिल्ला प्रशासन कार्यालय काभ्रे र बनेपा नगरपालिकालाई समेत बोधार्थमा राखी पत्रचार गरेको पुरात्व विभावगले जनाईएको छ ।
काभ्रेको पाँचखालका श्रीकृष्ण धिमालले ऐतिहासिक लायकु (दरबार) प्रवेशद्धार प्राचीनता मासेर निर्माण गर्न लागेको भन्दै विभागमा निवेदन दिएका थिए ।