काभ्रेः प्रहरीले ल्यापटप र मोबाइल चोरी गर्नेलाई पक्राउ गरेको छ ।
प्रहरीले ल्यापटप र मोवाईल चोरी घटनामा संलग्न रहेको व्यक्तिको खोजतलास गर्दै जाने क्रममा बुधबार पनौती–७ स्थित् डेरा कोठा गरी बस्ने महोत्तरीको बर्दिबास नगरपालिका–८ वडडाँडाको २२ वर्षीय सुजन तामाङ आफ्नै घर कोठामा लकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ ।
तामाङबाट प्रहरीले जिल्लाको पनौती नगरपालिका–४ ज्यालापाटीका विशाल हुमागाईको मोबाईल थान २ बरामद गरको छ । त्यस्तै महाभारत गाउँपालिका–८ घर भई हाल बनेपा बस्ने बर्ष ३६ को पदम बहादुर रानाको ल्यापटप थान २, मोबाईल थान ३ र जिल्लाको पनौती–६ को विजय थापाका मोवाईल थान १ फेला परेका छन् । प्रहरीका अनुसार तामाङले साउन ५ मा रानाको कोठा र साउन ९ गते थापको कोठमाबाट ल्यापटप र मोइबल चोरी गरेको थिए । उनले सबै ठाउँमा राति चोरी गरेको थियो ।
तामाङलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ ।