काठमाडौं : बागमती प्रदेशमा भोलीदेखि सार्वजनिक यातायातको भाडा घट्ने भएको छ । नेपाल आयल निगमले इन्धनको मुल्यमा स्वचालित प्रणाली लागु गरेपछि बागमती प्रदेशले भोलीदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको हो ।
प्रदेश सरकारले गत जेठ ११ गते भाडादर समायोजन गरेको थियो । लामो रुटको सवारीमा २ दशलमव २० प्रतिशत, मालबाहक सवारी साधनमा ३ दशलमव १ प्रतिशत र सिटी बसहरुमा ३ दशलमव २६ प्रतिशतले भाडा घट्नेछ ।
काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायातले २० रुपैँया भाडा लिने गरेकोमा भोलीदेखि १८ रुपैँया मात्रै भाडा लाग्नेछ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैँया रहेकोमा भोलीदेखि २४ रुपैँया लाग्ने भएको छ ।