काभ्रे : नेकपा एमालेको जिम्मेवारी तहमा रहेर काम गर्दै आएका नेताहरु समृद्ध नेपाल निर्माणको लागि नेकपा माओवादीको विकल्प नरहेको भन्दै पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य नारायण बानियाँ (दिपेश) र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नहकुल पराजुली नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
आज बनेपामा एक कार्यक्रमको आयोजना गरी उक्त नवप्रवेशीहरू लाई माओवादी केन्द्रको केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज माननीय सूर्यमान दोङ (लालध्वज) माओवादी बागमती प्रदेश पार्टी अध्यक्ष माननीय सरल सहयात्री‚बागमती प्रदेश सांसद एवं पुर्व मन्त्री रन्त ढकाल ‚बागमती प्रदेश सांसद रुकु चौलागाई ‚ पुर्व प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङको उपस्थितिमा पार्टी प्रवेश गराइएको थियो ।