खानीखोला, काभ्रेः खोपासी–ताल्ढुंगा सडकको कामीडाँडा–ताल्ढुंगा खण्डमा भोलीदेखि बस पुनः नियमित सञ्चालन हुने भएको छ । वर्षाद् लक्षित गरी करिब महिनादेखि ढलान कार्यको कारण बन्द रहेको उक्त सडक पुनः नियमिति सञ्चालन हुन लागेको हो ।
खानीखोला गाउँपालिकाको सामाजि विकास संयोजक समेत रहेको वडा अध्यक्ष निशान मोक्तानका अनुसार उक्त सडक खण्डमा बस भोली अर्थात् साउन १० गतेदेखि चल्ने छ । उनले पनौती र बनेपाबाट कामीडाँडा हुँदै ताल्ढुंगा सम्म बस सञ्चालने हुने जानकारी दिए । वडाध्यक्ष मोक्तानले भोली पहिलो दिन बस जुरेसम्म र विहीबारदेखि ताल्ढुंगा पुग्ने बताए ।
बस सेवा शुरु भएसँगै देखि यातायातबाट बञ्चित हुनु परेका स्थानीयहरुमा खुशी छाएको छ । खानीखोलाबासी बस सेवा सञ्चालन नहुँदा दुई दिन हिडेर गाउँ पुग्न बाध्य छन् ।
त्यस्तै खानीखोलाबाट सदुरमुकाम आइपुग्न हेटौडा हुँदै काठमाडौँ भएर आउनु परेको छ । २०५४ सालमा स्थानीय निकाय रहँदा जिल्ला विकास समिति मार्फत् खोपासी ताल्ढुंगा सडक निर्माण कार्य शुरु भएको थियो ।
अब खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ र उपाध्य दोर्जेमान जिम्बाले वर्षयाममा यातायातमा नागरिकले भोग्नु परेको सास्तीलाई कम गर्न साउनभित्रै बस सञ्चालन गर्ने गरी गरेको प्रतिबद्धताले सार्थकता पाउने भएका छन् ।
वर्षायाम खानीखोलाबासीले यातायातमा पाउन सक्ने सास्तीलाई मध्यनजर गर्दै उक्त बाटोमा ढलान कार्य गरिरहेको भएतापनि केही ढिलाई हुन पुगेको गाउँपालिका जनाइएको छ । यद्यपी विगतको वर्षमा साउनमा ठप्प हुने उक्त सडमा गाउँपालिकाको पलह कदमी यसपटक भने साउनमै यातायात सञ्चालन हुने भएको हो ।
स्थानीय तहको निर्वाचन–२०७९ पछि उक्त सडक निर्माण कार्यले तिव्रता पाएको थियो । केही स्थानमा स्थानीय सरकारको पहलमा सडक स्तरोन्नती कार्य भइरहेको छ ।
यस्तै ललितपुरको चापागाउँ, ढुंखर्क हुँदै ताल्ढुंगा पुग्ने बस सेवा छिट्टै शुरु गर्ने गरी लागिरहेको गाउँपालिकाले जनाइएको छ । महाभारत गाउँपालिकामा पालिाकको केन्द्रसम्म बस सेवा शुरु भएको छ । पालिकाभित्रका सबै सडक सञ्जालहरु खुलाउने गरी काम अघि बढीरहेको महाभारत गाउँपालिकाले जनाइएको छ ।
सडक र विद्युत्त सेवाबाट बञ्चित जिल्लाका दुई पालिका क्रमशः विकासोन्मुख छन् ।