काभ्रेः खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट स्वीकृत भएको छ ।
गाउँपालिकाको ७ औँ बजेट तथा १३ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष दोर्जेमान जिम्वाद्धारा प्रस्तुत बजेट सभाले सर्वसम्मत स्वीकृत गरेसँगै पारित भएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५१ करोड ७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा टुक्रे योजनालाई भन्दा देखिने गरी काम गर्ने उद्देश्यले अत्यावश्यक योजनामालाई प्रथामिकता दिएका छन् ।