बेथानचोक काभ्रे । बेथानचोेक ३ का वडा अध्यक्ष कुवेर ढकालले आफ्नो वडामा एक भोट एक विरुवा अभियान सञ्चालनमा गरेको छ । यस कार्यक्रम २०७९–०८० मा जिल्ला वन कार्यालय धुलिखेलबाट स्वीकृत भएकोमा बेथानचोकका वडा नं. ३ पर्न सफल भएका थिए ।
विरुवा वितरणमा सहयोग प्रदान गर्ने जिल्ला वन कार्यालयका प्रमुख जिल्ला वन कार्यालयका अधिकृत सरिता लामा सब डिभिजन कार्यालयका प्रमुख रनिता बराल लगायतको उपस्थीतिमा विरुवा वितरण गरिएको थियो ।
वितरण गरिएको विरुवाहरुमा लोठा सल्ला, सुन्तला, कागती, नासपति, अम्बा लगायतका फलफुलका विरुवाहरु गरि २००० विरुवा वितरण गरिएको थियो ।
अध्यक्ष ढकालको पहिलो प्रयसबाट नै राम्रो काम भई रहेको स्थानियहरु वताउछन् । अध्यक्ष ढकाल आफ्नो वडामा जस्तो समस्य परे पनि ढटेर काम गरिरहेको स्थानियहरु बताउछन् । अध्यक्ष ढकाल कहिले बत्तिको पोल राख्नमा सहयोग गर्छन त भने कहिले भत्केको सडक मर्मत गर्नका लागि परिरहेको हुन्छन््् । त्यसैले अहिले वडा अध्यक्ष ढकाललाई स्थानिय वासिले बेथानचोकको हर्का सम्पाङ समेत भनेको छ ।