बेथानचोक काभ्रे । इजरायलको महामहिम राजदुत श्री हनान गोदार बेथानचोकमा अनौपचारीक भ्रमणका लागी आउनु भएको छ । हनान गोदारले बेथानचोकमा रहेको ३०१८ मिटर अग्लो बेथानचोक नरायणस्थानको मन्दिरको भ्रमण गर्दै बेथानचोक २ र ३ मा कृषि फर्म, होमस्टे, गाई भैसि फर्म सिताके च्याउ फर्म र स्थानिय उत्पादन खुवा उधोगको समेत अवलोकन गरेको थियो ।
हनान गोदारको भ्रमण २०८० आषाढ २९ गते तदनुसार १४ जुलाई २०२३ देखि १५ तारिख सम्म रहेको थियो ।
राजदूत गोदारको वेथानचोक भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन र आर्थिक अवसरहरूको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । यसले इजरायली र नेपाली उद्यमीहरू बीच विशेषगरी कृषि र खाद्य उद्योगको क्षेत्रमा सहकार्यका लागि बाटो खुल्ने अपेक्षा गरेको छ।
राजदूतले स्थानीय फार्म र उद्योगहरूको अवलोकनले बेथानचोक क्षेत्रमा विकासको सम्भावना देखाएको छ । गोदारको भ्रमणले वेथानचोकको बारेमा समुदायको सामाजिक(आर्थिक स्थितिलाई माथि उठाउन सक्ने सम्भावित लगानी र साझेदारीको लागि मार्ग प्रशस्त गरेको छ।
हनान गोदारको दुई दिने भ्रमणका लागि कपिलदेव रेग्मि र कामना शर्माले सहयोग गर्नु भएको थियो । भने गोदारको दुई दिने भ्रमणलाई अविस्मरणीय र यादगर बनाउनको लागि बेथानचोकका राजनितिक दल, स्थानिय सरकार, सुरक्षा कर्मी बेथानचोक जेसिस, बेथानचोक लायन्स नागरिक समाज आदिले भ्रमणका लागि सहयोग गरेको थियो ।
हनान गोदारले एस्तो साथ र सहयोग पाएमा फेरि पनि बेथानचोकमा आउने वाचा गरेको छ ।