काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका अन्तर्गत वडा न ११ को पात्लेखेत स्थित हनुमान माबि नजिकै विपि राजमार्गमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका वडा न ७ बस्ने वर्ष २६ का राम श्रेष्ठ घाईते भएका छन् ।
बा ५ ख ७८४१ नम्बरको टिपरले बा ०१०१९ प ४६०५ नम्बरको मोटरसाइकल र टिफर एक अपासमा ठोकिदा मोटरसाइकल चालक घाईते भएका छन । घाईते मोटरसाईकल चालकको छातिमा चोट भएको र बायाँ हातमा समेत चोट रहेको काभ्रे प्रहरीले जनाएको छ । घाईतेको अहिले घुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
टिपर चालक भने फरार रहेको छ उक्त्त चालकको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी ढुन्डिराज न्यौपानेले जानकारी दिए ।