काभ्रेः काभ्रेपलाञ्चोकसेवा समाज कतारद्वारा एम्वुलेन्स खरिदको लागि भुम्लु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन् ।
दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको समन्वयमा भुम्लु गाउँपालिकालाई एघार लाख रुपैया रकम सहयोग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले एम्वुलेन्स उपलब्ध भएपछि पालिकाभित्रका नागरिकलाई निकै सहज हुने बताए । जटिल रोग तथा अपत्कलीन अवस्थामा विरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सजिलो हुने उनको भनाई छ ।
कार्यक्रममा काभ्रेपलान्चोक सेवा समाज कतारका पुर्व अध्यक्ष नारायण बिष्ट, दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको अध्यक्ष अष्टकुमार श्रेष्ठ, सेवा समाज कतारका सल्लाहकार गौरव राज अधिकारी, सचीव रमेश सापकोटा, कोषाध्यक्ष हरि पठरित, सह कोषाध्यक्ष दिप सागर श्रेष्ठ, वर्तमान कोषाध्यक्ष नेत्र कुमार वाइवा लगायत सहभागी थिए ।