काभ्रेः बागमती प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाले ब्लड क्यान्सर पीडितको उपचार संकलन रकम हस्तान्तरण गरेका छन् । तेमाल गाउँपालिका वडा नं. ७ का ब्लड क्यान्सर पीडित अकिंत कुमार मोक्तानको उपचारको लागि संकलन भएको रकम बुधबार मन्त्री लामा काठमाडौंस्थित् सिभिल अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेस काभ्रेको क्षेत्र नं. १ को प्रदेश सभा १ (क) को अगुवाइमा सहयोग रकम संकलन गरीएका थिए । नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका मन्त्री तीर्थ लामाले बुबा अनिलकुमार मोक्तान र आमा शान्ती तामाङलाई प्रदेश कार्यसमितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।
अकिंत कुमार बचाउ अभियानको संयोजन गरेका नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले मोक्तानको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको बताए ।
मन्त्री लामाले सरकारको तर्फबाट उपचारको लागि गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सहयोग हस्तान्तरण गर्न नेपाली काग्रेस क्षेत्र नं. १ (क) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधी शान्ती तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेञ्चु लामा, नेपाली कांग्रेस क्षेत्र नं २ (क) का सचिव सजय तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङ लगायत पुगेका थिए ।