ÿØÿà JFIF    ÿÛ „   जनगणनामा त्रुटि भएको पुष्टिः ७ लाख बढी थपिदा वास्ताविक जनसंख्या २ करोड ९९ लाख ३६५७६ - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनगणनामा त्रुटि भएको पुष्टिः ७ लाख बढी थपिदा वास्ताविक जनसंख्या २ करोड ९९ लाख ३६५७६

काठमाडौंः राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो देखाएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।

‘यो सर्वेक्षणको नतिजापछि जनसंख्या २ करोड ९९ लाख पुगेको छ भन्ने मिल्ने भयो’, निर्देशक लामिछानेले अनलाइनखबरसँग भने । तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताए ।

यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २।५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस हिसाबले गणना छुट भएको जनसंख्या२ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले गर्‍यो जाँच सर्वेक्षण
कार्यालयले २०७८ साल भन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ । सोहीकारण २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।

निर्देशक लामिछानेका अनुसार यस्तो सर्वेक्षणले जनगणनामा गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ । जनगणनाको काम २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको थियो । नतिजा जाँच सर्वेक्षणको काम भने २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । स्थलगत रुपमा भने २०७८ साल चैत १ गतेदेखि १५ गतेसम्म टोली खटिएका थिए ।

छुट्नेमा शहरका धेरै, त्यसमा पनि काठमाडौं उपत्यकाका बढी
सर्वेक्षणको नतिजाले शहरी इलाकामा बढी मानिस जनगणनामा छुटेको पाइएको छ । ७ लाख ७१ हजार ९९८ जनामध्ये शहरमा ५ लाख ८५ हजार ७८२ र ग्रामिण क्षेत्रमा १ लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका छन् । यसमा जनगणनाको बेला र सर्वेक्षणका बेला पनि सोही स्थानमा अक्सर बसोबास गरेका घरपरिवार र उनीहरुको सदस्यलाई मात्र समेटेको थियो ।

सर्वेक्षणअनुसार राष्ट्रिय स्तरमा ९६.२ प्रतिशत जनसंख्याको गणना जाँच सर्वेक्षण र मुल गणना दुबैमा हुबहु मिलेको छ । दुबैमा गणना भएकाको हुबहु मिलान दर सहरी क्षेत्रमा केही कमी देखिएको छ । राष्ट्रिय स्तरमा २।०९ प्रतिशत जनसंख्या जाँच सर्वेक्षणमा गणना भएको र मुल गणनामा छुटेको देखिएको छ । यो दर शहरी इलाकामा २.४४ प्रतिशत देखिएको छ ।

८ क्षेत्र अनुसारको वर्गिकरणमा भने काठमाडौं उपत्यकामा धेरै जना छुट भएको पाइएको छ । काठमाडौंमा ४.४२ प्रतिशतको गणना छुटेको हो । त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशतको गणना छुटेको पाइएको छ ।

उमेर अनुसार हेर्दा ८० वर्ष वा सो भन्दा पाको उमेरका व्यक्तिको सबैभन्दा धेरै ४.१ प्रतिशतले छुट भएको छ । २० देखि २४ वर्षको ३.९ प्रतिशत, २५ देखि २९ वर्षको ३.८ प्रतिशत छुट भएको हो । छुटमध्ये महिलाको दर २.३ प्रतिशत र पुरुषको २.९ प्रतिशत देखिएको छ । साक्षर २.९ प्रतिशत र निरक्षर २.६ प्रतिशत छुटेको पाइएको हो । यसबाट गनगणनामा निरक्षरभन्दा साक्षर धेरै छुटको पाइएको छ । विवाहित २.१ प्रतिशत जनसंख्या छुट्दा अविवाहितको संख्या ३ प्रतिशतले छुटेको छ ।

कुन विधिबाट पुगियो निष्कर्षमा ?
जनगणना जाँच सर्वेक्षण २०७८ नाम दिइएको यो सर्वेक्षणले स्थलगत गणना कार्यको विधि र प्रक्रिया मुल जनगणनाकै अपनाएको बताइएको छ । यसका लागि देशैभर भने गणक पुगेनन् । बरु नमुनाका रुपमा गणना क्षेत्र छनोट गरियो । ती क्षेत्रमा भने जनगणनामा जस्तै पूर्ण गणना गरिएको थियो ।

सर्वेक्षण प्रतिवेदन अनुसार जनगणना २०७८ का गणना क्षेत्रलाई प्राथमिक छनोट एकाई मानेर नमुना गणना क्षेत्र छानिएको थियो । सो अनुसार देशलाई ८ बृहत्तर क्षेत्रमा विभाजन गरिएको थियो । ती ८ क्षेत्रबाट शहरी र ग्रामीण भेगको समुचित प्रतिनिधित्व हुने गरी १०÷१० गणना क्षेत्र नमुनाका रुपमा छानिएको थियो । यस अनुसार ८० गणना क्षेत्र छानिए । नमुना क्षेत्रमध्ये शहरी क्षेत्रबाट ५० र ग्रामीण क्षेत्रबाट ३० क्षेत्र छानिएका थिए । हिमाल, पहाड र तराई सबै क्षेत्रलाई नमुनामा समेटिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार गणना जाँच सर्वेक्षणमा मुल जनगणनामा प्रयोग भएको प्रश्नावलीको छोटकरी रुप तयार गरी सोधिएको थियो । यसरी आएको निष्कर्षका आधारमा देशभर छुटेको जनसंख्याको नतिजा निकालिएको सर्वेक्षण नतिजा प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host