ÿØÿà JFIF    ÿÛ „   नेपालमा हेलिकप्टर दुर्घटनाको इतिहासः ४४ वर्षमा ३८ दुर्घटना, ९२ यात्रुको मृत्यु - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपालमा हेलिकप्टर दुर्घटनाको इतिहासः ४४ वर्षमा ३८ दुर्घटना, ९२ यात्रुको मृत्यु

काठमाडौ : मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँका लागि उडेको विमान दुर्घटना भएको हो ।

दुर्घटनाका क्रममा पाइलट चेतबहादुर (सीबी) गुरुङसहित ५ जना मेक्सिकन नागरिकको समेत मृत्यु भएको छ । नेपालको हेलिकप्टर दुर्घटनाको इतिहासमा ४४ वर्षको अवधिमा यो ३८औं दुर्घटना हो । यसअघि, नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सन् १९७९ (२०३६ साल)मा पहिलोपटक नेपाली आकाशमा दुर्घटना भएको थियो ।

प्राधिकरणका अनुसार नेपालमा पहिलो दुर्घटना नै उच्चस्तरीय टोली (भीभीआईपी) सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । २०३६ साल पुस १२ गते भएको पहिलो हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

काठमाडौँबाट लाङटाङ उडान भरेको हेलिकप्टर दुर्घटना भएयता आजसम्म ३८ दुर्घटना भइसकेका छन् । र, ती दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ । ३८ वटा दुर्घटनामध्ये १९ वटा दुर्घटनामा मानवीय क्षति भएको छ ।

२०८० मै दुई दुर्घटना
यो वर्ष २०८० सालमै दुई वटा ठूलो हेलिकप्टर दुर्घटना भएका छन् । यसअघि, यही वर्षको वैशाख २१ गते शंखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । जलविद्युत आयोजनाको सामान ओसार्ने क्रममा भएको उक्त दुर्घटनामा परेर १ जनाको मृत्यु भएको थियो भने बाँकी ४ जना घाइते भएका थिए ।

त्यस यता मंगलबार (२६ असार ०८०) ५ जना विदेशी र १ पाइलटसहित कूल ६ जनाको मृत्यु हुने गरी दुर्घटना भएको छ ।

एउटै हेलिकप्टर दुर्घटनामा २४ जनाको मृत्यु
सामान्यतया हेलिकप्टरमा सीमित यात्रु सवार हुन्छन् । तर, नेपालको इतिहासमा २ पटक ठूला हेलिकप्टर दुर्घटना भएका छन् । जसमा एकैपटक २४ जना यात्रुको मृत्यु भएको थियो ।

प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००६ मा उडान भरेको श्री एयरलायन्सको ९एन–एएचजे हेलिकप्टरमा सवार २४ जनाको मृत्यु भएको थियो । त्यसै गरी, सन् २००२ मा भएको एसियन एयरलाइन्सको हेलिकप्टरमा सवार ११ जनाकै मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

सन् २००० यता २९ दुर्घटना
हेलिकप्टर दुर्घटनाको सिलसिला सुरु भएको करिब आधा दशक भइसके पनि पछिल्लो दुई दशकमा भने ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २००१ देखि २०२३ सम्मको अवधिमा मात्रै २९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । उक्त मिति अघिसम्म जम्मा ९ वटा हेलिकप्टर दुर्घटना भएकोमा त्यसयता ह्वात्तै बढेको तथ्याङ्कले देखाउँछ ।

सन् २००० अघि भएका ९ वटा दुर्घटनामा जम्मा १० जनाको मृत्यु भएको थियो । त्यस यताको दुर्घटनामा भने ८२ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, सन् २००० अघि जम्मा ३ वटा दुर्घटनामा मानवीय क्षति भएको थियो । जबकि, सन् २००० यताका २९ मध्ये १६ दुर्घटनामा मानवीय क्षति भएको छ ।

किन बढ्दैछ हेलिकप्टर दुर्घटना ?
२०८० मा जस्तै सन् २०७९ मा समेत दुई हेलिकप्टर दुर्घटनामा परेका थिए । तर, सामान्य भएकाले प्राधिकरणले आफ्नो दुर्घटनाको सूचीमा समेटेको छैन ।

२०७९ चैत २५ गते काठमाडौँको ह्याम अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटनामा परेको थियो । यस्तै, २०७९ चैत २६ गते नै धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । यी दुई दुर्घटनाजस्तै अन्य सामान्य दुर्घटना भने सूचीमा समेटिएको छैन ।

प्राधिकरणका प्रवक्ता भुलका अनुसार सवार यात्रुको मृत्यु भएको र हेलिकप्टर पुनः उडान भर्न नमिल्ने अवस्थामा पुगेका दुर्घटना मात्रै सूचीमा समेटिएका छन् । यहीकारण, पछिल्ला दुई दुर्घटनालाई दुर्घटनाको सूचीमा नराखिएको हो ।

प्राधिकरणका अनुसार सन् २००० यता नेपालमा हेलिकप्टर दुर्घटना ह्वात्तै बढेको छ । यसको मुख्य कारण हेलिकप्टरको चहलपहल र कम्पनी नै बढ्नु रहेको भुल बताउँछन् ।

‘सन् २००० अघि नेपालमा धेरै हेलिकप्टर उडान हुँदैनथे । कम्पनी समेत धेरै थिएनन्,’ भुलले भने, ‘अहिले कम्पनी पनि बढेर हेलिकप्टरको प्रयोगकर्तासमेत बढे ।’ यो दुर्घटनाले युरोपियन युनियनको कालोसूचीबाट बाहिरिने नेपालको चाहनालाई झनै कठिन समेत बनाएको छ ।

रातोपाटीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host