Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

लिलबहादुरको डम्फु बनाएरै राम्रो आम्दानी

काभ्रेः जिल्लाको बेथानचोक गाउँपालिका–४ स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उहाँले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आउनुभएको हो ।

घरमा डम्फु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत बनाउँदै आउनुभएका स्याङ्तानले अरुलाई पनि रोजगारी दिँदै आउनुभएको छ । तामाङ समुदायले शुभकार्यमा प्रयोग गर्दै आएको बाजा डम्फुको माग राम्रो भएपछि उद्योग नै स्थापना गरी काम गर्दै आएको उहाँले बताउनुभयो ।

‘तामाङ समुदायको बिहेमा गीत गाउनका लागि डम्फु अनिवार्य हुन्छ तर एउटा आफन्तको बिहेको निम्तो मान्न जाने बेलामा जरकिन बजाएर गीत गाएको देखेपछि डम्फुको अभाव खड्किन नदिनका लागि मैले डम्फु बनाउने उद्योग सञ्चालन गरेको हुँ”, स्याङ्तानले भन्नुभयो, “पुर्खाले गर्दै आएको पेसा नभएर भावनाले डोहो¥याएकाले यो पेसा सुरु गरेँ ।

भाषणले मात्रै कला, भाषा र संस्कृतिको संरक्षण नहुने उहाँको भनाइ थियो । “तामाङ समुदायको विवाह, ब्रतबन्ध र मृत्यु संस्कार सबैमा डम्फु बजाएर खुसी र विरहको गीत गाउने चलन रहेकाले त्यसको अभाव पूर्तिका लागि पनि यो पेसा रोजेको हुँ”, उहाँको भनाइ थियो ।

एउटा डम्फु साइजअनुसार रु दुई हजार पाँच सयदेखि रु पाँच हजारसम्म लिने गरेको उहाँले बताउनभयो । काम गर्ने दौरानमा गाउँमा एक जनालाई मासिक रु २८ हजारका दरले तलब दिएर काम गर्दै आएकामा अहिले विदेशमा समेत जानथालेपछि सबै काम आफैँले गर्दै आएको स्याङ्तानले बताउनुभयो ।

वार्षिकरुपमा करिब तीन सयको हाराहारीमा डम्फु उत्पादन गर्दै आउनुभएका उहाँले देशका पूर्वी क्षेत्रको काँकडभिट्टा, इलाम, झापा पाँचथर, तेह्रथुमल तथा पश्चिम क्षेत्रको लमजुङ, नवलपरासीलगायत जिल्लामा पनि पठाउने गरिएको जानकारी दिनुभयो ।

तामाङ समुदायको बसोबास रहेको संयुक्त अरब इमिरेट्स (युएई) मलेशिया, जर्मन, इजरायल, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा पनि डम्फु पठाउने गरिएको छ ।

निरन्तररुपमा उत्पादन गरेको डम्फुको माग धान्न नसकिएका कारण अरु युवालाई पनि सिकाएर उत्पादन गर्दै आइएको र प्रशस्त माग आउने गरेकाले गाउँका दुई जनालाई सीप सिकाएर डम्फु बनाउने काममा लगाइएको स्याङ्तानले बताउनुभयो ।

“सबै आवश्यक सामान आफँैले उपलब्ध गराएर बनाउन लगाएको छु”, उहाँले भन्नुभयो, “यसरी उत्पादन गरेको डम्फु आफैँले खरिद गरेर बिक्री गर्दै गरेको छु । आफूले मात्रै गर्ने नभएर युवापुस्तालाई सीप हस्तान्तरण गर्नुपर्छ भनेर सिकाएको सीपले युवालाई रोजगार बनाएको छु । ”

“उत्पादन गरिएका सामान बिक्री भएन भन्ने चिन्ता छैन”, स्याङ्तानले थप्नुभयो, “जति उत्पादन भए पनि मैले नै बजारीकरणको काम गर्ने गरेको छु ।” समुदायसँगै भिजेर काम गरिएका कारण उहाँले डम्फु मात्रै नभएर झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो, फुर्बा९थुर्पे०लगायत सामान पनि उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

डम्फु बनाउनलाई कोइरालोको काठ आवश्यक हुन्छ । बाख्राको छाला प्रयोग हुने र बाँसको किला प्रयोग गरेर बनाउनुपर्ने भएकाले बनाउन भने समय लाग्ने गरेको छ । सिजनअनुसारको छाला उपलब्ध हुन नसक्ने अवस्था रहेका कारण यस पेसालाई थप व्यवस्थित गर्न चुनौती रहेको स्याङ्तानले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

Load More
ward5
अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host