Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन्, थाहा पाउनुहोस्

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज सार्वजनिक गरेको छ । यस पटकको नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अन्तर्गत नै सार्वजनिक भएको छ, जसमा कोही पनि विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । २०७८ मा नयाँ लेटर ग्रेडिङ निर्देशिका बनेपनि लागू नभइसकेका कारण बोर्डले पुरानै निर्देशिका अनुसार नतिजा प्रकाशन गरेको हो ।

परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी भएका थिए । यसअन्तर्गत ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ जना, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ जना, २।८ देखि ३।२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ जना, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना र २ देखि २.४ जीपीए ल्याउनेको संख्या एक लाख दुई हजार २९३ जना छ ।

त्यस्तै १।६ देखि २।० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ जना, १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या दुई हजार २०० रहेको छ ।

पुरानो निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ । उनीहरूलाई प्राप्ताङ्कका आधारमा कम्तीमा ‘ई’ ग्रेडसम्मको प्रमाणपत्र दिइन्छ ।

तर नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क नल्याउने विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुन्छन् । उनीहरूलाई दिइने प्रमाणपत्रमा एनजी अर्थात् (नन ग्रेडेड) लेखिन्छ । तर मूल प्रमाणपत्र भने प्रदान गरिँदैन ।

आज हामी पुरानो ग्रेडिङ निर्देशिका अनुसार विद्यार्थीले प्राप्त गरेको ग्रेडका आधारमा उनीहरूले पढ्न पाउने विषय बारे जानकारी दिन्छौं । एसईई पछि त्यति धेरै सूचना प्रविधि (आईटी) को कोर्षको विकल्प छैनन् । कक्षा ११ र १२ तथा ‘ए’ लेभलमा कम्प्युटर विषय पढ्नु, सीटीईभीटीको प्राविधिक धार तर्फको आईटी विषय पढ्नु केही विकल्प हुन् ।

कक्षा ११ मा विज्ञान समूह, व्यवस्थापन समूहमा कम्प्युटर पढाइ हुन्छ । विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर समूहमा पढाइ हुन्छ । यी समूहमा भर्ना हुन विज्ञान र गणितमा ‘सी प्लस’ ल्याई कुल ग्रोडिङमा कम्तीमा २.० जीपीए ल्याएको हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा ‘डी’ ग्रेड ल्याएर यी बाहेक अन्यमा जुनै ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।

त्यस्तै न्यूनतम जीपीए १.६ ल्याएका, तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा ‘डी प्लस’ ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकीका विषय समूहमा भर्ना हुन सक्छन् । तपाईंले यति अङ्क प्राप्त गर्नु भए कम्प्युटर पढ्न पाउनुहुन्छ ।

यता सीटीईभीटीले तीन वर्षे डिप्लोमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा हस्पिटालिटी गरी चार विधामा प्राविधिक कोर्ष सञ्चालन गरिरहेको छ । जसमध्ये स्वास्थ्य तर्फका विषय पढ्न गणित, विज्ञान र अंग्रेजी विषयमा कम्तिमा ‘सी’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए चाहिन्छ ।

त्यस्तै इन्जिनियरिङ तर्फका विषय पढ्न गणित र विज्ञानमा कम्तीमा ‘सी’ ग्रेड र अंग्रेजीमा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए ल्याएको हुनुपर्छ । कृषि तथा हस्पिटालिटीका विषय पढ्न गणित, विज्ञान र अंग्रेजीमध्ये कुनै दुई ओटा विषयमा कम्तिमा ‘सी’ ग्रेड र एउटामा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए ल्याउनु पर्छ । तर १८ महिने प्रि डिप्लोमा तहमा जति जीपीए ल्याए पनि भर्ना हुन सकिन्छ ।

समग्रमा सैद्धान्तिक विषयतर्फ ‘सी’ वा तलको तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । त्यस्तै मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

लि:ल फङ (घले समाज) हरिहरपुरगढी सिन्धुलीले  ल्होसर विशेष सस्कृतिक कार्यक्रम गर्दै

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host