Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रधानमन्त्रीको अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्नु दुःखद्ः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विवादमा परेपछि उनको सचिवालयले संसदमा स्पष्टीकरणको मौका समेत नदिई एकपक्षीय प्रचार गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

सोमबार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेको छ । उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको छ ।

बिहीबार बसेको सत्तारुढ दलहरुको बैठकले भने संसद फेस गर्ने निर्णय गरेको छ । लगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट÷चिनजान भएको र २०६७÷६८ सालमा प्रचण्डकी जेठी छोरी ज्ञानुको उपचार गर्ने क्रममा दिल्लीस्थित घरमा बसेकाले प्रचण्ड र प्रितमको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिक समेत भएको बताएका छन् ।

प्रचण्डसँग भएका अनौपचारिक भेटघाटका क्रममा सिंहले ‘तपाई’ जस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्ने गरेको र पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यही विषय प्रसंगबस उल्लेख मात्र गरेको सचिवालयले बताएको छ । ‘यसैक्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो,’ आचार्यको वक्तव्यमा भनिएको छ, ‘सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुःखद् छ ।’

संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही रहेको समेत उनको दाबी छ । प्रेस सल्लाहकार आचार्यले भने, ‘संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आसय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ ।’

सरकारको कामका कारण ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको उनको दाबी छ ।

१० पुसमा एमाले समेतको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भएको भन्दै आचार्यले भनेका छन्, ‘संकुचित राजनीतिक मानसिकताका साथ उहाँको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

लि:ल फङ (घले समाज) हरिहरपुरगढी सिन्धुलीले  ल्होसर विशेष सस्कृतिक कार्यक्रम गर्दै

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host