खानीखोला, काभ्रेः जिल्ला खानिखोला गाउँपालिका–४ जगथलीपाखामा स्थायी रुपमा बसोबास गर्दै आएको ज्ञान बहादुर बलको छोरा २९ वर्षीय कमान बल दुई दिनदेखि सम्पर्क विहीन छन् । खानिखोला गाउपालिका ४ का वडाध्यक्ष निशान मोक्तानले बल असार २० गते बिहान ठिक ११ बजेको समयदेखि परिवारको सम्र्पक बहिर रहेका हुन् ।
वडाध्यक्ष मोक्तानका अनुसार बेपत्ता बल घरबाट कामको शिलसिलामा काठमाडौं जाने भनि निस्केका थिए । वडाध्यक्ष मोक्तानले बललाई केही आफन्तहरु र साथी भाइ तथा घर परिवारको सम्पर्कमा नहेको र उसले बोकेको झोला सिन्धुली जिल्ला र काभ्रे जिल्लाको सिमाना भएर बग्ने कोखोजोर खोलाको किनारमा जाल खेल्ने मानिसले भेटेको जानकारी दिए ।
उक्त झोलामा नागरिकता, मतदाता परिचय पत्र, मोबाइल, पर्स र पर्समा १ हजार ७ सय पैसा समेत फेला परेको जनाएको छ । खोजतलासको लागि समन्धित सबै निकयहरुमा जानकारी गराइसकेको उनको भनाइ छ ।
वडाध्यक्ष मोक्तानले सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, नागरिक समाज, प्रहरी प्रशासन लगायत सम्पुर्ण आफन्ताजनहरुलाई खोजिकार्य गर्न हार्दिक अपिल गर्दा गरेको छ । उनको हाल खोजीकार्यमा भइरहेको छ ।