ÿØÿà JFIF    ÿÛ „   चीनले लागू गर्‍यो पश्चिमासँग लड्न भन्दै नयाँ विदेश नीति - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

चीनले लागू गर्‍यो पश्चिमासँग लड्न भन्दै नयाँ विदेश नीति

काठमाडौंः चीनले जुलाइदेखि नयाँ विदेश नीति लागु गरेको छ । पश्चिमाको एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित गरेको हो ।

चीनका उच्च तहका कुटनीतिज्ञ वाङ यीले नयाँ विदेश नीतिबारे भनेका छन्, ‘यो विदेश नीति पार्टीको नेतृत्व र समितिलाई विदेश मामिलामा सुदृढ बनाउने महत्वपूर्ण दस्तावेज हो ।’

चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरिएको हो ।

नयाँ विदेश नीतिका ६ भाग रहेका छन् । ग्लोबल टाइम्सका अनुसार पहिलोमा चिनियाँ विदेश नीतिको आधारभूत सिद्धान्त छ । दोस्रोमा कुटनीतिक सम्बन्धका लागि विशेष प्रावधानहरू समावेश छन् । तेस्रो भागमा कुटनीतिक सम्बन्ध विकासका उद्देश्य र कार्यहरू समावेश छन् । चौथो भागमा विदेश नीति सम्बन्धमा कानुनी प्रावधान छन् । पाचौँमा वैदेशिक सम्बन्ध विस्तारमा क्षमता विस्तारको प्रावधान छ । छैठौँमा निष्कर्ष खण्ड रहेको छ ।

चिनियाँ नीतिका जानकारहरूका अनुसार यो नीतिमार्फत चीनले विदेश मामिला व्यवस्थापनको अन्तर्राष्ट्रिय विषय समेटेर राष्ट्रिय कानुन पनि संशोधन गरेको छ । यो नीतिमा विश्व व्यवस्थामा आएका नयाँ बहस र पहललाई पनि समावेश गरिएको छ भने चीनले यही नीतिमार्फत मुलुक र जनताको रक्षाको क्षमता विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको विज्ञहरूको मत छ ।

गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा नयाँ परिस्थितिमा नयाँ विदेश नीतिको आवश्यकताबारे बहस भएको थियो । विद्यमान विदेश नीतिमा केही कमजोरी रहेको र चीनमाथि बाह्य घेराबन्दी बढेकाले त्यसलाई चिर्न नयाँ नीति अघि सारेको प्राध्यापक ह्यु जेन्झिङ बताउँछन् । ‘हालैका वर्षमा बदलिँदो विश्व व्यवस्थामा चीनले नयाँ चुनौतीको सामना गरिरहेको छ । विद्यमान विदेश नीतिमा केही कमजोरी विस्तारै पटाक्षेप भएसँगै चीनले नयाँ विदेश नीति बनाएको हो’, उनले भने ।

चीनको आन्तरिक मामिलामा पश्चिमाहरूको हस्तक्षेप बढ्न थालेकाले पनि त्यसको सामनाका लागि नयाँ नीति अघि सारेको ह्युको भनाइ छ । ‘चीनको आन्तरिक मामिलामा पश्चिमा हस्तक्षेप बढिरहेको समयमा त्यसलाई चिर्नका निम्ति चीनसँग प्रभावकारी संयन्त्र नभएको अवस्थामा उसले नयाँ नीति ल्याएको हो’, उनले भने ।

यस्तै चीनको राष्ट्रिय स्वाधीनताको रक्षा, सामरिक तथा विकासका स्वार्थको रक्षाका लागि पनि कानुन नभएकाले चीनले यसको आवश्यकता महसुस गरेको विज्ञहरूको भनाइ छ । यस्तै पश्चिमाहरूले विभिन्न प्रतिबन्ध लगाउँदा पनि अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै समाधान नभएपछि चीनले आफ्नो घरेलु नीतिनै सुधार गरेको विज्ञहरूको बुझाइ छ । विदेश नीतिको प्रस्तावनाले पनि चिनियाँ स्वार्थ र चासोको रक्षाका निम्ति नीति बनाइएको उल्लेख छ ।

जसमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र विदेश सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताको पालना गर्ने आधारमा, मुलुकले विदेश मामिलाका क्षेत्रमा कानुन र नियम कार्यान्वयन तथा प्रयोगलाई सबल बनाउनेछ । चीनको सार्वभौमसत्ता, सुरक्षा र विकाससम्बन्धी हितको रक्षाका साथै चिनियाँ नागरिक र संस्थाहरूको वैध अधिकार तथा हितको रक्षाका खातिर यस नीतिको कार्यान्वयन हुनेछ ।’

अन्तर्राष्ट्रिय कानुन मिचेर चीनको सार्वभौमसत्ता तथा सुरक्षामा चुनौती कसैले दिएमा नयाँ नीति अनुसार चीनले जवाफी कारबाही गर्ने उल्लेख छ । ‘चीनले पहिलोपटक विदेश नीतिमा चिनियाँ कानुनको प्रयोग र उद्देश्यबारे जानकारी दिएको छ । यो नीतिले विदेशी मुलुक वा संस्थाहरूप्रति प्रतिबन्ध वा प्रतिबन्धात्मक उपायका सिद्धान्त तय गरेको छ’, प्राध्यापक ह्वाङ हुकाङले भने ।

यो नीतिले बाह्य क्षेत्रमा पनि चिनियाँ कानुन पालनाका लागि आधारभूत कानुनी प्रणालीको संयन्त्रको विकास गर्न खोजेको हुकाङले बताए ।

विदेश मामिलामा बाह्य क्षेत्रमा घरेलु कानुनको अंश लागु हुनुलाई महत्वपूर्ण मानिन्छ । चीनको यस नीतिले विश्वव्यापी साझेदारीको प्रवर्द्धन र शक्तिराष्ट्रबीच सहकार्य र सकारात्मक सम्बन्ध स्थापनाको लक्ष्य राखेको छ ।

वर्तमान अवस्थामा अन्य मुलुकमाथि विविध विषयमा धेरै प्रतिबन्ध लगाउने राष्ट्र अमेरिका हो । सन् २०२१ यताको अमेरिकी तथ्यांक हेर्दा प्रतिबन्धको संख्या ९ हजार ४०० माथि छ । चीनमाथि पनि उसले विभिन्न विषयमा प्रतिबन्ध लगाएको छ । वर्तमान नीति सम्भावित प्रतिबन्ध तथा हस्तक्षेप चिर्दै चीनमाथि देखापर्ने चुनौती सामनाका लागि भएको चिनियाँ सरकारको जिकिर छ ।

चीनको नयाँ विदेश नीतिले विश्वव्यापी रूपमा चिनियाँ स्वार्थको प्रवर्द्धन र चीनको चुनौती सामनाका लागि राष्ट्रपति सीलाई अथाह शक्ति दिएको मतहरु पनि आएका छन् ।

नयाँ नीतिले चीनमाथि चुनौती थप्नेको प्रतिवाद गर्ने उल्लेख छ, यद्यपि कस्तो अवस्थामा प्रतिवाद हुने भन्ने विषय स्पस्ट नरहेको विज्ञहरू बताउँछन् । कानुन तथा राजनीति शास्त्रका अमेरिकी प्राध्यापक ज्याकुज डेलेसी भन्छन्, ‘नयाँ विदेश नीतिमा धेरै बयानबाजी मात्रै छ । तर यसले अमेरिकाविरूद्ध बलियो र दृढ नीति अघि सारेको छ।’

यस्तै चीन मामिलाका जानकार चोङ झायिङ बेइजिङले नयाँ विदेश नीतिमार्फत दबाबलाई कायम राखेको बताउँछन् । ‘आफ्नो स्वार्थको रक्षाका निम्ति बेइजिङले सहकार्य र आर्थिक लाभका सवालमात्रै होइन अब दबाबको नीति पनि अघि सार्ने भएको छ’, उनले भने ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host