Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नुवाकोट–१ का उम्मेदवार हितबहादुर तामाङको जीवनी र राजनीतिक यात्रा

वामपन्थी राजनीतिमा ४३ वर्षदेखि सक्रिय पूर्वमन्त्री हितबहादुर तामाङ वाम–लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार बनेका छन् । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तामाङ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतले विजयी भएका थिए ।

फेरि पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस हुनुभई कांग्रेस–माओवादी–एकीकृत समाजवादीको साझा उम्मेदवार छनोटमा पर्नुभएका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रुपमा परिचित छन् । राज्यका उच्च ओहोदामा पुग्दासमेत जनता (मतदाता)सँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ता पनि । जे सकिन्छ खुरु खुरु गर्ने, आश्वासन र विपक्षीलाई बिझाउने वचन लगाउन नचाहने व्यवहारले पनि उहाँ जिल्लामा जनप्रिय नेता बन्नुभएको निकटस्थहरु बताउँछन् । २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद, २०६६ सालमा युवा तथा खेलकुदमन्त्री, २०७४ मा प्रतिनिधिसभा सदस्य बने ।

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा)मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिनुभएको हो, निवर्तमान सांसद तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तान हितबहादुर । उहाँका जेठो दाइ जीतबहादुर, कान्छा भाइ वीरबहादुर अनि तीन दिदीबहिनी ।

उहाँको बाल्यावस्था गाउँमै मेलापात, गोठालाका रुपमा बित्यो थियो । २ छोरी र १ छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलमा डेरामा सपरिवार बस्दै आएको छ । दाइभाइ सामान्य किसानी कर्ममा रहनु भए पनि हितबहादुर देशमा केही गरौं भन्ने भावनाले सानैदेखि सामाजिक काम र राजनीतिक गतिविधिमा रुचि राख्थे ।

तामाङले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेको हो । उनले सोही विद्यालयबाट २०३९ सालमा प्रवेशिका (एसएलसी) उत्तीर्ण गरे । एसलसीलगत्तै ०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष अध्यापनमा लागेका थिए ।

साझा उम्मेदवार हितबहादुर तामाङको रोचक जीवनीफोटो स्रोतः ग्लोबल मिडिया

राजनीतिक पृष्ठभूमि
पूर्वमन्त्री तामाङ २०३६ सालमा १६ वर्षको कलिलो उमेरमै मार्क्सवाद, लेनिनवाद, माओवादको दर्शनबाट प्रभावित भई कम्युनिष्ट राजनीतिमा लागेको बताउछन् । २०३६ सालमा अनेरास्ववियुको छैटौं जिल्ला सम्मेलनबाट सदस्य भएसँगै २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी सम्हालेका थिए ।

भ्रातृ संगठनहरुमा सक्रिय रहँदै गर्दा उनले ०४७ सालमा मात्रै नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । ०४८ मा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष, ५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी), २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुखको जिम्मेवारीमा रहे । २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य भए ।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि पुर्व मन्त्री तामाङ भुमिगत भए । भूमिगतकालमा ०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा उहाँको नेतृत्वदायी भूमिकाका कारण २०५९ सालमा उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पियो ।

त्यसपछि २०६० साल जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले गिरफ्तार गरी पटनास्थित जेलमा राख्यो । जब नेकपा माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि २५ महिनाको जेलजीवनमुक्त भएको थियो ।

तामाङ समुदायभित्र आफूलाई अब्बल साबित पूर्वमन्त्री तामाङ माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापक । नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायिका बने ।

जनयुद्धकै मूल एजेन्डा संविधानसभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भयो । उक्त निर्वाचनमा देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । तर, साविकको नुवाकोट क्षेत्र नं २ बाट तामाङ झिनो मतले पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतसँग पराजित भए ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि फेरि २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो मुलुकमा । त्यस समयमा पनि पार्टी विभाजनलगायत कारणले उहाँको पक्षमा निर्वाचन परिणाम आएन । दोस्रो संविधानसभाबाट २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो ।

नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा नेता तामाङ खुला राजनीतिपछि तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, कांग्रेसलगायत दल अर्कोतिर । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रुपमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

अहिले वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रत्यक्षतर्फ साझा उम्मेदवार बनेका छन् । यसपटक नतिजा कस्तो आउँछ त्यसका लागि भने मंसिर ४ नै कुर्नु पर्ने हुन्छ ।
समाचार स्रोतः ग्लोबल मिडिया (सामाचार ग्लोवल मिडियाबाट सभार गरेर आवश्यक सम्पदन गरिएको ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

लि:ल फङ (घले समाज) हरिहरपुरगढी सिन्धुलीले  ल्होसर विशेष सस्कृतिक कार्यक्रम गर्दै

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host