पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा जारी महिला क्रिकेटमा विभागीय टोली एपीएफले बागमतीलाई ४ विकेटले पराजित गरेको छ ।
मंगलबार भएको खेलमा पहिलो ब्याटिङ गरेको बागमतीले एपीएफलाई ९० रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपीएफले १९।१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीका लागि दुई खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाएका थिए । उसका लागि सुमन खतिवडा र कप्तान कप्तान अस्मिना कर्माचार्यले १९ रन बनाएका थिए। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन् । एपीएफका लागि रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान १(१ विकेट लिएका थिए ।
९० रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले ५ बलअगाडि नै लक्ष्य पूरा गरेको थियो। उसका लागि रोमा थापाले २२ रन बनाउँदा ममता चौधरीले १७ रन बनाएकी थिइन् । त्यस्तै सीता राना मगरले १६ रन बनाउँदा नेरी थापा पनि १६ रनमा अविजित रहेकी थिइन् ।
बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले समान २-२ विकेट लिए पनि टोलीको हार टार्न भने सकेनन् ।