काभ्रे : जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीलाई प्रदान गर्ने गरी विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले महाभारत–२ अमलबास स्थित श्रीबालकल्यण प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका हुन् ।
नेता तथा समाजसेवी योञ्जनका अनुसार सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पु¥याउन झोलासँगै विद्यालयलाई क्यारिम बोर्ड, पोर्ट, भलिवल, ज्यामिट्रि बक्स आदि सहयोग गरेका छन् ।
जसमा झोला ५० थान, ज्योमिट्रि बक्स ४० थान, भलिवल, नेट एक सेट, क्यारिम बोर्ड २ थान, व्याडमिन्टन एक सेट, लुडो ९पोर्ट० ५ सेट लगायत गरी २ लाख बराबरको सामाग्री सहयोग गरिएको छ । उक्त समाग्री नेता तथा समाजसेवी योञ्जनले विद्यालयका प्रधानध्यापक केशर बहादुर योञ्जनलाई एक कार्यक्रमबिच हस्तान्तरण गरेका थिए ।
गरिवी, भौगोलिक विकता र सामाजिक रुपले पछि परेका महाभारत गाउँपालिकाका बालबालिकाकोे खाली हात तथा प्लाष्टिकको झोला किताब बोकेर पढ्न हिडेको देखेपछि आफुले अभावको बिच पढ्नु परेपनि बालबालिकाले त्यसरी पढ्नु नपरोस् भनेर विद्यार्थीलाई किताब बोक्ने झोला सहयोग गरेको उनले बताए । उनले भने, ‘टाढाटाढाबाट हिँडेर आउने विद्यार्थीलाई झोला नभएर किताब जोगाउन समस्या देखेपछि सहयोग गरेको हो ।’
विद्यालयका प्रधानाध्यापक योञ्जनले नेता तथा समाजसेवी योञ्जनको सहयोगले खुल्ला रुपमा हातमा किताब बोकेर एक घण्टाको बाटो हिडेर विद्यालय जानु पर्ने बाध्यता रहेको विद्यार्थीलाई राहत भएको बताए । उनले भने, ‘पहिले हातमा किताब बोकेर विद्यालय आउने विद्यार्थी अब झोलामा किताब बोकेर आउँने छन् । यस्तो देख्न पाउनु हाम्रो लागि खुशी कुरा हो ।’
प्रधानध्यापक योञ्जनले टोके–अम्लवस सडक खण्डमा गएको पहिरोले विद्यालय आधीभन्दा बढी पुरिएको बताए । विद्यालयको कक्षाहरु पुरिएकोले विद्यार्थीले अध्ययनमा कठिनाई भोग्नु परेको बताए । विद्यालयभन्दा माथि बाटा गएको सडक भत्किदा विद्यालय पुरिएको उनको भनाई छ ।
समाजसेवी योञ्जनले यसअघि कोरोना महामारीको कहर मजदुर, विपन्न, असाह्यलाई राहतसँगै विभिन्न समयमा विद्यार्थीलाई झोला, खेलकुद जस्ता सामाग्री सहयोग गर्दै आएका छन् । अहिलेसम्म उनले १५ वटा भन्दा बढी विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिसकेका छन् ।