काभ्रे : काभ्रे जिल्लाको डाँडापारिस्थित् महाभारत गाउँपालिका–१ मा रहेका गोकुले माध्यमिक विद्यालयको शिक्षक अभिवाक संघ गठन भएको छ ।
संघको अध्यक्षमा वडा नंं. १ आरुबोटेको युवा तथा सामाजिक अगुवा विछोड जिम्बा चयन भएक छन् । विद्यालय सेवा क्षेत्र भित्रका समाजसेबी, बुद्विजीवी र शिक्षाप्रेमीहरुको आम भेलाले जिम्बालाई अध्यक्षमा चयन गरेको हो ।
सघंको सचिवमा विद्यालयका शिक्षक मोहन दास श्रेष्ठ चयन गरेको छ । त्यस्तै सदस्यहरुमा भिषराज श्रेष्ठ, शकांरलाल श्रेष्ठ, चमेली माया ग्यामी, खगेन्द्र बहादुर दर्लामी, टेकराज श्रेष्ठ (धर्म), कान्छमान मोक्तान, कमान सिं मोत्तलान र लिल बहादुर जिम्बा चयन गरेका छन् ।