काभ्रे : नेपलाी सने जगतमा ‘हैट’ उपनामले सुपरिचित तथा लोकप्रिय अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधीने भएको छ । अहिलेको समयमा एकदमै व्यस्त मानिने अभिनेता तामाङको विवाह मकवानपुरकी अनु थिङ तामाङसँग हुने निश्चित भएको हो ।
अभिनेता तामाङ र प्रेमिका थिङको विवाह शुक्रबार अर्थात् असोज ७ गते हुने भएको छ । उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समय यता प्रेम सम्बन्ध रहेका थिए । ‘कबड्डी’ फेम्ड अभिनेता तामाङले थिङसँग मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत छिन् ।
अभिनेता तामाङले नेपाली दर्शक माझमा आफ्ना थुप्रै हिट चलचित्रहरु दिइरहेका छन् । उनले अभिनय गरेका धेरै नेपाली चलचित्रहरु मध्य ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेज टुल्के, घामपानी, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर–६, साँघुरो’ लगायतका थुप्रै चलचित्रहरु सुपरहिट भएको पाइन्छ । विषेशगरी उनलाई पर्दामा हास्य कलाकारको भुमिकामा देखिने गर्छन् ।
काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङ चलचित्रको अलाव सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन् । अभिनेता तामाङले उनले चलचित्र क्षेत्रमा ११ वर्ष र रंगमञ्चमा १८ वर्ष बिताइसकेको छ ।
दर्शकले नायिक मंगली गुरुङसँग आफूलाई जोडे पनि तामाङले भने आफ्नो मिल्ने साथिमात्रै भएको बताउँदै आएका थिए । उनको कला क्षेत्रमा प्रवेश भने रंगमञ्चबाट नै भएको हो । एक समय हरेक हप्तामा लाग्ने चलचित्रमा उनको अभिनय अनिवार्य जस्तै थियो ।
तामाङ विधि अनुसार विवाह हुने
विवाहको कुरामा सयम आएपछि हुन्छ नि भनेर पन्छिदै आएका नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित उनले तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।
तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनु पर्दछ । त्यस पश्चात् पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्ने हुन्छ । अभिनेता तामाङले प्रेमिका थिङको घरमा पुगेर केही दिनअघि तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए ।
पोङको सगुन केटा केटीले ग्रहण गरेपछि दुलाह र दुलाही दुवै पक्षको अनुकुलतामा विवाहको साइत हेरेर केटीलाई केटाको घरमा लाने प्रचलन छ । सोही विधि अनुसार नै तामाङको विवाह असोज ७ गतेको लागि पक्का भएको थियो ।