काभ्रे । जिल्लाको डाँडापारि महाभारत गाउँपालिकाको एउटा वडामा गाउँपालिका सरकारले तोकेको भन्दा बढी शुल्क उठाएको पाएको छ । केन्दीय विद्युतिय प्रशारणका लागि मिटर बक्स खरीदमा महाभारत गाउँपालिकाको वडा नं. ७ ले सरकारले तोकेको भन्दा बढी शूल्क उठाएको पाएको छ ।
नेपाली कांग्रेसबाट निवार्चित वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले सुचना जारी गरी वडाका सम्पुर्ण घरधुरीबाट रकम उठाउने काम भइरहेको छ । नेपाल विद्युत प्राधिकारणले मिटर बक्सको लागि रु. १७३०, कनेक्टर रु. ४९६, श्रम सेवा शुल्क रु.१५० र भ्याट १३ प्रतिशतको रु. ३०९ गरि जम्मा रकम रु. २६८५ तोकिएको छ । त्यस्तै महाभारत गाउँपालिकाले विद्युत मिटर बक्सको लागि १ हजार अनुदान निर्णय गरिसकेको छ ।
वडा नम्वर ७ का वडा अध्यक्ष श्रेष्ठले सेवा ग्राहीसंग रु. १६८५ शुल्क लिनुपर्नेमा रु. ३००० को दरले लिएको पाईएको छ । जुन नेपाल विद्युत प्राधिकारण र गाउँपालिकाले तोकिएको रकम भन्दा रु. १३१५ बढी लिएको पाएको छ । एक स्थानियका अनुसार ३८४ घरधुरी मध्ये १०० भन्दा बढी धरधुरीको रकम संकलन भएको जनाए । हाल सम्म महाभारत गाउँपालिका वडा ३, ४ र ५ ले ढुवानी सहित १७५० दरले उठाएको पनि जनाए ।