काभ्रे : नेकपा (माओवादी केन्द्र ) काभ्रेले आगामी संघ र प्रदेश निर्वाचन केन्द्रित पार्टीको आन्तरिक बैठक तथा छलफल सुरु गरेको छ । सोही अनुरुप सोमबार जिल्लाको पाँचखालमा काभ्रेको २ नं. प्रतिनिधि सभा क्षेत्रीय समन्वय समितिको प्रथम पुर्ण बैठक सम्पन्न भएका छन् ।
बैठक माओवादी केन्द्र काभ्रेको जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य सुर्यमान दोङ (लालध्वज)को प्रमुख अतिथ्याता र प्रतिनिधिसभा–२ को संयोजक मर्दन सिं तामाङ (पेमा)को अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा काभ्रेको प्रतिनिधिसभा–२ अन्तर्गत प्रदेशसभा क र ख मध्येबाट एक माओवादी केन्द्रले लिने गरी निर्णय गरिएको बुझिएको छ । त्यस्तै समितिले प्रदेश कमिटिहरुको बैठक समेत छिट्टै डाक्ने जनाइएको छ । बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु समेत गरेका छन् ।
बैठकमा केन्द्रिय सदस्य डा. भरत लामिछाने, रुकु चौलागाईं, तेजबहादुर मिजार, जिल्ला संयोजक भोला अर्याल, सचिव दैवलाल घिसिङ (अनुशिल) लगायत उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा–२ अन्तर्गतका ७ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरि सहभागी भएको बैठकको सञ्चालन प्रतिनिधिसभा–२ क्षेत्रीय समन्वय समितिका सचिव राजकुमार तामाङ (राज)ले गरेका थिए ।