अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् ।
‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो रु’, उनले प्रश्न गरे ।
अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।