काभ्रे : नेपाली कांग्रेस संस्थापक वीपीको ४० औँ स्मृति दिवसको अवसरमा भकुण्डेमा वृक्षारोपण गरेका छन् । शुक्रबार कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमितिको आयोजनामा काभ्रेको नमोबुद्ध नगरपालिकास्थित् भकुण्डेमा रहेको क्षेत्रीय कार्यालय परिसरमा वृक्षारोपण गरिएका हुन् ।
कांग्रेसको बागमती प्रदेश प्रतिनिधि विकाश योञ्जनका अनुसार निवर्तमान केन्द्रिय सदस्य तथा ट्रेड युनियन विभागको प्रमुख शिवप्रसाद हुमागाईंको विशेष उपस्थितिमा वृक्षरोपण भएको हो । वृक्षरोपण कार्यक्रममा जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंसँगै नेताहरु दिनेश लामा, नेता कुन्साङ लामा, रिमबहादुर लामा, राम योञ्जन लगायतको सहभागी रहेको थियो ।
मुलुकमा प्रजातन्त्र ल्याउन जहानियाँ राणा शासनविरुद्ध क्रान्ति गरेका वीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हु्न । सन् १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
कांग्रेस संस्थापक वीपी राजनीतिमा मात्र नभइ साहित्यिक क्षेत्रमा पनि स्थापित व्यक्ति हुन् । कांग्रेसले कोइरालाको ४० औंँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।