काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका–३ स्थित् नारायणस्थानडाँडाको चिप्लटीमा बुद्धको मूर्तिसहितको र्पाक निर्माण भएको छ । जिल्लाको सबै भन्दा अग्लो स्थान ३०१८ मिटर हाइटमा नेपाली सेनाको कालीजंग गण धुलिखेलको जनशक्तिले बुद्ध प्रतिमा निर्माण गरेको हो ।
उक्त प्रतिमा सहितको संरचना निर्माणका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरेको थियो । नेपाली सेना –२६ नम्बर बाहिनी भकुन्डेका सहायक रथी ज्योतिन्द्र महतको प्रमुख आतिथ्यतामा बुधबार उक्त बुद्ध प्रतिमाको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैए महत भने, ‘सैनिक र नागरिक सम्बन्ध फराकिलो बनाउन सेनाले स्थानीय सरकार तथा नागरिक समाजसँगको समन्वयमा सामाजिक सेवा गरिरहेको छ ।’
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक नारायणस्थान मन्दिर वरपर पूर्वाधार निर्माण गरी पर्यटकहरूका लागि आकर्षक बनाउने अभियानमा क्रियाशील रहेको बतााए ।
उनका अनुसार नेपाली सेनाको सहयोग र स्थानीय तहको समन्वयले गाउँपालिकाको पर्यटन विकासमा थप सहयोग पुग्नेछ ।