काभ्रेः जिल्लको दोलालघाटमा कार र टिपर आपसमा ठोक्किंदा कारमा सवार ३ जना गम्भीर घाइते भएका छन् । हिजो बेलुकी भएको दुर्घटनाबाट घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
चरिकोटबाट काठमाडौं आउँदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे आपसमा ठोकिएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।