काभ्रे: जिल्लाको रोशी गाउँपालिकाका महिलाहरुलाई दुई महिने हाते कढाई (बुटिक) तालिम दिइएको छ ।
गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिकाको वडा नं ८ र ९ का ३० जना महिलाहरुलाई सो तालिम दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले ०७८ चैत्र २८ गतेबाट सुरु तालिमको समापन गरेका छन् । अध्यक्ष लामाले महिलाहरुलाई आत्मनिर्भर हुन आग्रह गर्दै पालिकाले महिला शक्तिकरणका लागि पनि कार्यक्रमको योजना बनाएको बताए ।
गाउँपालिकाका अध्यक्ष लामाले तालिममा सहभागी भएकाहरुलाई प्रमाण–पत्र सहित सम्मान गरेका थिए ।